Public Pana
कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति  तोलाका तोला सुन अनि घडेरी 

काठमाडौ– कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री केदार कार्की र मन्त्रीहरु गणेश उप्रेती, कमलप्रसाद जबेगु  र शम्शेर राईले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन् ।  सवै मन्त्रीसँग सुन भने माैज्जाद रहेकाे देखिएकाे छ । 
मुख्यमन्त्री कार्की  ः १५ तोला सुन ८ लाख वचत 
कोशी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रदेश मन्त्रिपरिषद्को वेबसाइटमा बुधबार सम्पत्ति विवरण अपलोड गरिएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग १५ तोला सुन रहेको विवरणमा उल्लेख छ। त्यस्तै, ८० तोला चाँदी रहेको उल्लेख छ। सुन तथा चाँदीको स्रोतको रुपमा विवाह, उपहार तथा खरिद भनिएको छ। 
विभिन्न व्यक्तिका नाममा कृषि विकास बैंक तथा एभरेष्ट बैंकमा गरी ७ लाख ९४ हजार ७४२ रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
मुख्यमन्त्री कार्कीकी श्रीमती शान्तादेवी बस्नेतको नाममा रहेको ०–१–१२ १÷२ क्षेत्रफलको जग्गामा घर रहेको उल्लेख छ। त्यसको स्रोतको रुपमा पैतृक सम्पत्ति बेचबिखन तथा जागिर भनिएको छ। 
बस्नेत सहित परिवारका सदस्यका नाममा विभिन्न ५२ वटा संस्थामा सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ। 
वन मन्त्री उप्रेती १० तोला सुन २ वटा घडेरी 
कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले दुई वटा घडेरी रहेको विवरण बुझाएका छन् ।
माओवादी केन्द्र कोशी प्रदेशका सचिव समेत रहेका उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्ठा ५ धुरको जग्गामा घर र सुनसरीको इटहरीमा ११ धुर जग्गा रहेको उल्लेख गरेका छन् ।

१० तोला सुन र २० तोला चाँदी पनि रहेको विवरण उनले पेश गरेका छन् । परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद बैंकमा बचत रहेको र ३९ लाख ५० हजार ऋण रहेको उप्रेतीले उल्लेख गरेका छन् ।
उनले सामूहिक रुपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरेको पनि विवरण बुझाएका छन् । 
भौतिक पुर्वाधारमन्त्री जबेगु  ११ तोला सुन १ लाख बचत 
 कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले पाँचथरको फालेलुङ–१, फालेलुङ–२ र झापाको मेचीनगर नगरपालिका–५ मा ६ कित्ता जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् ।
११ तोला सुन, १५ तोला चाँदी र १ लाख रुपैयाँ बैंक मौज्दात देखाएका उनले अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको खुलाएका छन् । उनीसँग एउटा दुहुना गाई, १ हल गोरु र एउटा खसी पनि छन् ।
मन्त्री जबेगुले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको पनि उल्लेख गरेका छन् ।
कानुनमन्त्री राई १० तोला सुन ६२ हजार वचत 
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले इलामको रोङ गाउँपालिका वडा नम्बर ४ र ६ का ५ ठाउँमा जग्गा देखाएका छन् । यसैगरी १० तोला सुन र ६२ हजार बैंक मौज्दात पनि रहेको उनले उल्लेख गरेका छन् । 
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर पुँजी रहेको उनको सम्पत्ती विवरणमा उल्लेख छ । 
उनले यावा अलैंची खेती तथा नर्सरी यावा बाख्रा र्फम पनि सञ्चालन गरिरहेका छन् । यसैगरी वन, पर्यटन तथा वातावरणमन्त्री गणेश उप्रेतीले दुई वटा घडेरी, १० तोला सुन र २० तोला चाँदी रहेको विवरण पेश गरेका छन् । यसैगरी परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद बैंकमा बचत रहेको र ३९ लाख ५० हजार ऋण रहेको मन्त्री उप्रेतीले उल्लेख गरेका छन् ।
यस्तै भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले पाँचथरको फालेलुङ–१, फालेलुङ–२ र झापाको मेचीनगर नगरपालिका–५ मा ६ कित्ता जग्गा रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् । उनीसँग ११ तोला सुन, १५ तोला चाँदी, १ लाख रुपैयाँ बैंक मौज्दात, अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको खुलाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update