Public Pana
बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या गरेर फरार भएका बाबु पक्राउ

 बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या गरेर फरार भएका बाबुलाई प्रहरीले पक्राउ गरेको छ। 

पश्चिम सुर्खेतमा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेपछि उनका छोरा तथा पीडित छोरीका दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बलात्कार जाहेरी दिएका थिए। बलात्कार जाहेरी दिएको भन्दै बाबुले आफ्नै छोराको हत्या समेत गरेका थिए। 

छोरीको बलात्कार र छोराको हत्या गरेर फरार भएका उनै बाबुलाई प्रहरीले पक्राउ गरेको हो। बलात्कार जाहेरी दिएपछि गत सोमबार बाबुले आफ्नै छोराको हत्या गरेका थिए। बाख्रको खोर नजिकै शव फेला परेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो। धारिलो हतियार प्रहार गरेर छोराको हत्या गरिएको थियो।  

 

बलात्कारको घटना बाहिर ल्याएको भन्दै छोराका हत्या गरेका बाबुले छोरीलाई समेत घाइते बनाएका थिए। घाइते छोरीको उपचार भइरहेको छ। छोरीको बलात्कार तथा छोराको हत्या गरेर फरार भएका उनै बाबुलाई बिहीबार बिहान कैलालीको टीकापुरबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए। 

हाल पक्राउ परेका बाबुले आफ्नै छोरीमाथि गत असोजमा बलात्कार गरेका थिए। घटनाबारे बहिनीले दाजुलाई भनेपछि प्रहरीमा जाहेरी दिइएको थियो। त्यसपछि बाबुले जाहेरी दिने छोराकै हत्या गरेका हुन्। बलात्कारको जाहेरी दिने छोराको हत्या गरिएपछि हत्याको कसुरमा अर्को छोरा तथा मृतकका भाइले बाबु विरुद्ध जाहेरी दिएका छन्।

 

घटनाबारे प्रदेश प्रहरी कार्यालय कर्णाली सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update