Public Pana
मौसम तराईमा हुस्सु कुहिरो, पहाडमा हिमपात, हल्का वर्षा

हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । साथै  देशको तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशका पहाडी  भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आज बिहिबार  तराईमा हुस्सु कुहिरो  राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज विहान ६ बजेर ५५ मिनेटमा सुर्योदय हुनेछ भने साझ ५ बजेर ३३ मिनेटमा सुर्यास्त हुनेछ ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update