Public Pana

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  जिल्ला अदालतवाट बलत्कारकाे मुद्दामा दाेषी ठहर भएका  क्रिकेटर सन्दिप लामिछानेले उच्च अदालतवाट पनि सफाइ नपाउने दावी गरेका छन् ।

जिल्ला अदालतले गाैशाला २६ लाई जवरजस्ती करणीकाे मुद्दामा लामिछानेलाई दाेषी ठहर गरेकाे थियाे ।

जिल्लाले उनलाई  ८ वर्ष कैदकाे पनि फैसला सुनाएकाे थियाे । जिल्ला अदालतमा पीडित गाैशाला २६ले गरेकाे बकपत्र हेर्दा सफाइ पाउने आधार नदेखिएकाे त्रिपाठीकाे दावी छ ।

   जिल्लाकाे फैसला विरुद्ध लामिछाने उच्च अदालत पाटन जाने तयारीमा छन् । 

 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update