Public Pana
रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानविन माग गर्दै  सहकारी विभागमा उजुरी दर्ता

सहकारी ठगी प्रकरणमा जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ। 

जिबी राई गोरखामिडिया नेटवर्क अध्यक्ष र रवि लामिछाने एमडीको जिम्मेवारीमा रहेका बेला गैरकानुनी रुपमा सहकारीबाट रकम लिएर हिनामिना गरेको भन्दै उजुरी परेको छ।

 

बचतकर्ताको कम्तीमा ५२ करोड ग्यालेक्सी टिभीमा डुब्यो भन्ने समाचार आएको, राई र लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र पोखराको सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ लिएर नतिरी ठगी गरेकाले छानबिन गरी कारबाही हुनुपर्ने रिटमा माग गरिएको छ।

 

405039819_285364264187525_1061353814870275941_n-1705487013.jpg

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update