Public Pana
यस्ता छन् वुधबार बसेकाे मन्त्रिपरिषद्‍का निर्णय

सरकारले विभिन्न सरकारी निकायमा नियुक्त गरेको छ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा विभिन्न मन्त्रालयलको सिफारिसमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको महाप्रवन्धकमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ । 
प्रवक्ता शर्माका अनुसार नै गंगलाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्देशकमा रवि मल्ललाई नियुक्त गर्ने निर्णय निर्णय भएको । त्यस्तै, नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि भएको छ । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update