Public Pana
बालकुमारी र  सर्लाही घटनापछि प्रहरीको भिड नियन्त्रणमाथि प्रश्न उठाउँदै सर्वोच्चमा दर्ता भयो रिट 

काठमाडौ- काठमाडौको बालकुमारी र सर्लाहीको बरहथवामा प्रहरीको गोली प्रहारवाट निर्दोष नागरिकको मृत्यु भएको भन्दै नेपाल प्रहरीको भिड नियन्त्रण शैलीमाथि प्रश्न उठाउदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। 
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उक्त रिटको पहिलो पेशी माघ ४ गतेका लागि तोकिएको छ।  
भीड़ नियंत्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघतक हथियारको प्रयोग तत्काल रोक्नुपर्ने माग रिटमा गरिएको छ। रिटमा सात वटा माग उठाइएको छ।   जनप्रदर्शन एव भीड़ नियंत्रणका लागि घातक हतियार एवं मेटल बुलेट को प्रयोगलाइ प्रतिबंधित गरिनुपर्ने माग रिटमा गरिएको छ। 
‘भीड़ नियंत्रणका लागि अत्यधिक बलप्रयोग एव हिसात्मक साधनको प्रयोगलाई बर्जित गरिनुपर्छ ’ रिटमा भनिएको छ ‘भीड़ नियंत्रणको अहिसात्मक तौर तरिकाबारे प्रदर्शन ब्यवस्थापनका लागि खटीने प्रहरीहरुलाई अनिवार्य प्रशिक्षण दिनु पर्ने क्ष् यसलाइ अनिवार्य रुपमा प्रहरीको ट्रेनिंग म्यानुवलमा समावेश गर्नु पर्ने देखिन्छ । ’ 

भीड़ नियंत्रणका गैरघातक हतियारको प्रयोग गर्दा पनि मानव अधिकारका आधारभूत मापदण्डहरुको प्रयोग सुनिश्चित गर्नु पर्ने माग रिटमा गरिएको छ।  
‘ निहत्था नागरिकमाथी घातक हतियारको प्रयोग गर्ने एव जीवन अपहरणमा सलग्न जो कोहीलाई नेतृत्वको जिम्मेबारी अन्र्तगत गैर कानूनी आदेश दिने वा सो आदेशको कार्यान्वयन गर्ने कार्यलाई फौजदारी हिस्सेदार तुल्याउदै ज्यानं सम्बन्धी कसूरमा अभियोजन गर्नु पर्ने ’ रिटमा भनिएको छ ‘ कानुन कार्यान्वयनका लागि बसेका समुहद्धारा पाना गर्नुपर्ने न्यूनतम सिद्धान्तलाई कार्यान्वयन गर्न कार्यान्वयन गर्न आवश्यक कानूनी बंदोबस्त गर्नु पर्ने देखिन्छ ।’ 
प्रहरीहरुलाई आंत्म सुरक्षाको साधनको अभावले पनि अत्यधिक बलको प्रयोग हुने गरेकोले प्रहरीहरुलाइ पर्याप्त मात्रामा हेल्मेट, सुरक्षा ज्याकेट एव बुलेट प्रुफ  निरन्तर आपूर्तिको ब्यवस्था मिलाउन आदेशको माग रिटमा गरिएको छ। 
जनप्रदर्शन वा भीड़ नियंत्रण प्रक्रियामा घातक हतियार एव मेटल बुलेटको प्रयोगले बिगतमा ठुलो संख्यामा निर्दोष नागरिकहरुले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भएकोले यो रिट निबेदनको टुंगो नलागे सम्म निहत्था नागरिक माथि प्राण घातक हतियारको प्रयोग नगर्नु नगराउनु भनी आन्तरिम आदेश जारी हुुनुपर्ने रिटम माग गरिएको छ। 


 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update