Public Pana
नीति शाहले डेब्यू गरिन् ‘खजुरे ब्रो’मा

मोडल नीति शाहले अभिनेत्री बन्ने रहर गरेको पनि लामै समय भयो । अन्ततः अहिले आएर उनको ‘खजुरे ब्रो’ फिल्मबाट डेब्यू भएको छ ।

उनले रेयर राईको अपोजिट रहेर डेब्यू गरेकी हुन् । फिल्म छायांकन प्रारम्भ भएको केही समयपछि औपचारिक घोषणा गरि फिल्मको बारेमा जानकारी दिइएको थियो । जे होस्, उनको अभिनेत्री बन्ने रहर पूरा भयो ।

यसअघि उनले ‘कामिनो’ मा काम गर्ने चर्चा चल्यो । त्यस्तै उनले ‘रावायण’ पनि गर्ने भनियो । दुबै फिल्मबाट चलेका अभिनेता प्रदीप खड्का र अनमोल केसीसंगै डेब्य गर्ने र करियर चम्काउने रहर थियो उनको ।

तर उक्त रहर पूरा भएन । दुबै फिल्मको निर्माण अनिश्चित भएपछि नीतिले अन्ततः ‘खजुरे ब्रो’ बाटै डेब्यू गर्ने निर्णय गरिन् ।

आशा गरौं, उनको यो निर्णय तथा रेयर राईसंग कमेडी फिल्मबाट गरेको डेब्यूलाई दर्शकले सकारात्मक रुपमा ग्रहण गर्नेछन् अनि भोलिका दिनहरु नीतिका लागि सुनौला हुनेछन् ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update