Public Pana
काठमाडौंको ब्रह्मटोलमा आगलागीद्धारा १ जनाको मृत्यु
फाइल तस्बिर

काठमाडौंको ब्रह्मटोलस्थित एउटा घरमा आगलागी हुँदा जलेर १ जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा आगो लाग्दा उनका छोरा ४५ वर्षीय राजेन्द्रमान डंगोलको मृत्यु भएको हो।

आज बुधबार विद्युत सर्ट डंगोलको घरमा आगो लागेको थियो। घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update