Public Pana
के अभिनेत्री ईशा देओलको डिभोर्स हुने नै हो ?

बलिउडमा धर्मेन्द्र र हेमा मालिनीलाई आदर्श जोडीका रुपमा चिनिन्छ । यो जोडीले आफ्नो करियरमा कैयौँ हिट फिल्म दिएका छन् ।

आमा–बाबुको पाइला पछ्याउँदै फिल्म क्षेत्रमा आएकी छोरी ईशा देओलले भने आफ्ना अभिभावकको जस्तो लोकप्रियता पाउन सकिनन् ।

यही बीचमा ईशा र उनका श्रीमान् भरत तख्तानीबीच सम्बन्ध विच्छेद भएको खबर सार्वजनिक भएको छ ।

ईशा र भरतले आधिकारिक रुपमा यो कुराको पुष्टि नगरे पनि सामाजिक सञ्जालमा उनीहरु अलग्गिएको खबर चर्चामा छ । ईशा र भरतले विवाह गरेको १२ वर्ष पुगेको छ । उनीहरुका दुई छोरी छन् ।

ईशा र भरत अलग भएको दावी एक रेडिट यूजरले गरेका छन् । ‘ईशा देओेलले आफ्ना श्रीमानसँगको तस्विर सामाजिक सञ्जालमा शेयर गर्न छाडेकी छिन् । ईशा अहिले अधिकांश समय आमा हेमा मालिनीसँग देखिने गरेकी छिन्,’ ती युजरले लेखेका छन् ।

यद्यपि ईशा र भरतले अहिले पनि सामाजिक सञ्जालमा एक–अर्कालाई फलो गरिरहेका छन् । दुबैले अलग भएको आधिकारिक घोषणा गरेका छैनन् । रेडिट यूजरको पोस्ट भाइरल भएपछि सर्वसाधारणले प्रतिक्रिया दिन थालेका छन् ।

‘उनी दिवाली पार्टीमा पनि एक्लै देखिएकी थिइन् । त्यसअघि उनी जहिल्यै भरतका साथ पार्टीमा सहभागी हुन्थिन्’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले हेमा मालिनीको जन्मदिनमा भरत नदेखिएको दावी गरेका छन् ।

ईशाले गत नोभेम्बर २ मा आफ्नो जन्मदिन मनाएकी थिइन् । त्यो जन्मदिनमा श्रीमान् भरत उपस्थित थिएनन् । ईशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए ।

उनीहरुको एक छोरीको जन्म सन् २०१७ मा अर्की छोरीको जन्म सन् २०१९ मा भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update