Public Pana
ज्याकि श्राफ लागे समाज सेवामा

बलिउड अभिनेता ज्याकी श्राफले आफ्नो अभिनयले मात्र नभई आफ्नो व्यवहारका कारण पनि धेरैको मनमा बस्न सफल भएका छन् ।

उनी पर्यावरण बारेमा पनि निकै सजग रहन्छन् । उनी आफूसंग सधैँ एउटा विरुवा लिएर हिँड्छन् र मानिसलाई रुख रोप्न अपील गर्छन् ।

ज्याकी श्राफले स्वच्छतामा पनि योगदान दिँदै गरेको देखिन्छ । अहिले ज्याकी श्राफको एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल भइरहेको छ ।

भिडियोमा उनी राम मन्दिरको भर्याङ सफा गर्दै गरेको देखिन्छ ।

भिडियोमा ज्याकी श्राफ मुम्बईको सबैभन्दा पुरानो राम मन्दिर सफा गर्दै गरेको देखिन्छ । उनी पछाडि धेरै मानिसहरु उभिरहेको देखिन्छ । सफा गर्ने बाहेक उनले विरुवामा पानी पनि हालेका छन् । भिडियो हेरेर फ्यानले प्रशंसा गरिरहेका छन् ।

फिल्ममा अभिनयबाहेक ज्याकी श्राफ सामाजिक कार्यका कारण पनि चर्चामा रहेका छन् ।

उनको एउटा अर्ग्यानिक फर्म पनि छ, जहाँ उनी अर्ग्यानिक रुख–विरुवा र जडीबूटि रोप्छन् । उनले बालबालिकाको उपचार र शिक्षाका लागि पनि सहयोग प्रदान गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update