Public Pana
काठमाडौंको महाराजगन्ज र कागेश्वरीमा दुईजनाको शव फेला

काठमाडौंमा दुई जनाको शव फेला परेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा एक जनाको शव फेला परेको छ।

ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–८ ओम चोक सैलुङगेश्वरी गेष्ट हाउसनजिक बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

दुबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update