Public Pana
कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुरबाट पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले भिमदत्त नगरपालिका–४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक बैतडी दशरथचन्द नगरपालिका–११ घर भएका ३७ वर्षीय गणेश सिंह बुडाल समेत पाँच जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० रुपैयाँ र १ बुक ताससहित मंगलबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update