Public Pana
सामाजिक कार्य : सेनाद्वारा मालागढीको सरसफाइ

नेपाली सेनाले गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत नेपाल–चीन सिमानामा अवस्थित ऐतिहासिक मालागढी क्षेत्रको सरसफाइ गरेको छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएका विष्णुदल गणका गणपति विक्रम थापाको नेतृत्वमा सेनाका अधिकृत तथा जवानले सो क्षेत्रको सरसफाइ साथै राष्ट्रिय झण्डा फहराउने कार्य हालै सम्पन्न गरेका हुन् ।

ऐतिहासिक क्षेत्रको संरक्षण साथै सुरक्षामा योगदान पुर्याउँदै आएको सेनाले भौगोलिक विकटता रहेका स्थानमा अवस्थित नेपाल–चीनको सीमाक्षेत्रको अनुगमन समेत गर्दै आएको छ ।

मालागढी क्षेत्रमा सुरक्षापोष्ट स्थापना गर्नुपर्ने त्यहाँका बासिन्दाले माग गर्दै आएका छन् ।

मालागढीमा सशस्त्र प्रहरीको बीओपी पोष्ट स्थापना गर्न जिल्लास्तरबाट प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मालपोत, नापीसमेत निकायको बैठकले सिफारिस समेत सम्बन्धित निकायमा पठाएको जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update