Public Pana
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

सर्लाहीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

ईश्वरपुर नगरपालिका– ११ मा मंगलबार बागमती प्रदेश ०१ ०२६ च ०७५९ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा ३५ वर्षीय राजनारायण महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ज्यान गुमाउने युवक सर्लाहीकै चन्द्रनगर गाउँपालिका– ३ का स्थायी बासिन्दा हुन्। उनी सवार ज २ प १७२५ नम्बरको मोटरसाइकललाई पिकअपले ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए। 

उनको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी भ्यानका चालकलाई पक्राउ गरेको छ। 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update