Public Pana
क्यानलाई पत्र लेख्दै सन्दिपले भने षडयन्त्र रमिडिया ट्रायलको शिकार  भए 

काठमाडाै- जबरजस्ती करणीको आरोपमा अदालतबाट दोषि ठहर भएलगत्तै सन्दीप लामिछाने क्रिकेटबाट अलग भएका छन् । उनलाई नेपाल क्रिकेट स‌घ क्यानले नै निलम्वन गरेकाे छ ।  जिल्ला अदालत काठमाडौंले सजाय निर्धारण गरेकै दिन उनले सफाइ नपाएसम्म राष्ट्रिय टीमबाट नखेल्ने स्वघोषणा पनि गरेका थिए ।  
याे सगै उनले क्यानलाई पत्र लेखेर यसअघीकाे आफ्नाे भुक्तानी रिलिज गरिदिन आग्रह पनि गरेका छन् ।  
सन्दीपले क्यानलाई पठाएको पत्रमा अदालतले सुनाएको फैसला स्वीकार्नुको विकल्प नभएकले स्वीकार गर्दै माथिल्लाे अदालत जाने भनेका छन् । उनले  आफू षडयन्त्रमूलक योजना तथा मिडिया ट्रायलको शिकार भएको  दावी गरेका छन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेको पत्रमा सन्दीपले  यस्ताे दावी गरेका हुन् ।  ‘म आफ्नो जीवन, करियर र भविष्यको अग्नीपरीक्षामा छु । मलाई एउटा अपराधिक षड्यन्त्रमा शूली चढाइएको छ ’ सन्दिपकाे पत्रमा भनिएकाे छ ।  

अदालतले वास्तविकताभन्दा टाढा रहेर फैसला गरेको भए पनि न्याय प्रणाली र कानूनप्रतिको आफ्नो विश्वास नधर्मराएको सन्दीपले उल्लेख गरेका छन् ।

‘ममाथि गरिएको फैसला षड्यन्त्र, क्रोध, डिजाइन र एकमात्र बयानमा आधारित छ जस्तो लाग्छ । एकातर्फ म मिडियाको ट्रायल र डिप्रेसनबाट गुज्रिरहेको छु भने अर्कातर्फ उत्तिकै बलियो र न्यायको आशामा छु,’ उनले पत्रमा लेखेका छन् ।

सन्दीपले आफू एक खेलाडी र क्रिकेटप्रेमीका हिसाबले आफूलाई क्रिकेटबाट टाढा सोच्नै नसक्ने बताएका छन् ।

 ‘मलाई थाहा छैन म कहाँ हुनेछु, तर म जहाँ पनि हुनेछु क्रिकेट र मेरा सबै साथीहरूको उत्कृष्ट प्रदर्शनलाई नजिकबाट नियालिरहने छु उनी लेख्छन्  क्रिकेट खेलाडी र क्रिकेटप्रेमी दुवै रूपमा म आफूलाई कहिल्यै क्रिकेटबाट टाढा सोच्न सक्दिनँ ।’  
अन्तिम साससम्म न्यायको खोजी गर्ने सन्दीपको अठोट छ । 
पत्रमा उनले भनेका छन्, ‘म समाप्त भएको, हराएको र त्यागिएको छैन । म सबै प्रकारका निराशा, चिन्ता र डिप्रेसनबाट बाहिरिने प्रयास गर्दैछु । सम्माननीय अदालतबाट छिट्टै न्यायको पर्खाइमा छु र मेरो अन्तिम साससम्म न्याय खोज्नेछु ।’

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update