बढ्न थाल्याे घर जग्गाकाे काराेबार

चालू आर्थिक वर्षको पुस महिनामा घरजग्गा कारोबारमा सुधार आएको छ। गत वर्षको पुसको तुलनामा घरजग्गा कारोबार बढेको हो।
पुसमा लिखित पारित ४५ हजार २७७ वटा भएका छन्। कुल कारोबार १ लाख ३६ हजार भएको विभागले जनाएको छ।
२०७९ को पुस महिनामा ३८ हजार ८७१ वटा लिखित पारित हुँदा १ लाख १३ हजार कुल कारोबार भएका थिए। घरजग्गा कारोबार बढे पनि राजस्वमा भने कमी आएको छ।
पुस महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब २० करोड राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
सरकारले कित्ताकाट खुलाउने निर्णयसँगै राष्ट्र बैंकले जोखिमभार समेत घटाएको छ। यसले केही कारोबार बढाउन समेत सहयोग गरेको छ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८० २०:००
प्रतिक्रिया दिनुहोस्