Public Pana
संसदमा राेएका  निलम्बित सचिव थापा  ३ लाख धरौटीमा छुटे

पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। 

उनी पुसको २५ गते धरौटी बुझाएर रिहा भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापासहित तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र अरुण श्रेष्ठविरुद्ध १ करोड १७ लाख रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो।
 
विशेष अदालतका सदस्यहरु डा खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालीन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको थियो। मुद्दा भने विशेषमा बाँकी नै रहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update