Public Pana
राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखी आचारसंहित लागु हुँदै, उलघंन भए कारवाही गर्ने आगोगको चेतावनी

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ ।

निर्वाचन आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो ।

मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ  । आचारसंहिता लागू भएपछि निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार लगायत गतिविधि गर्न दलहरुलाई बन्देज लाग्नेछ । 

सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष(विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, शिक्षक, पत्रकार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको तीन सय मिटर वरपरबाट प्रचार सामग्री हटाउनुपर्ने छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update