Public Pana
त्रिशुली नदीमा भारतीय नम्वरको  गाडी खस्यो, गोताखोरसहितको उद्धार टोली परिचालन

नारायणबाठ काठमाण्डौतर्फ आउँदै गरेको भारतीय नम्वर प्लेटको सवारी त्रिशुली नदीमा खसेको छ ।

त्रिशुली नदीमा खसेको सवारी साधन भारतीय नम्बर प्लेट रहेको पुष्टि भएको छ। तर, कुन सवारी साधन हो भन्ने अझै प्रष्ट हुन सकेको छैन।

जिल्ला प्रहरी कर्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल  मुनि सवारी साधन देखिएको छ। सवारी साधनको नम्बर प्लेटमा बीआर ०९ जीसी १४३० लेखिएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार कति थिए र उनीहरुको अवस्थावारे थप विवरण आउन बाँकी छ । स्थानियले पुलबाट गाडी खसेको खवर प्रहरीलाई दिएपछि शसस्त्र र नेपाल प्रहरीको टोलीले गोताखोरसहित नदीमा खोजविन शुरु गरेको चितवन प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update