Public Pana
पेट्रोलियम पदार्थ अब केही सस्तो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले आज रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको १/१ रुपैयाँले मूल्य घटाएको हो ।

अब पेट्रोलको मूल्य १६६ रुपैयाँ, डिजेल र मट्टितेलको १५६ रुपैयाँ भएको छ । भारतबाट घटेर आएकोले नेपालमा पनि मूल्य घटाईएको निगमले जनाएको छ ।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएको छ

suchi1705329970.jpg

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update