Public Pana
अध्ययन भन्छ :   पाँच धनाढ्यको सम्पत्ति  चार वर्षमा  दोब्बरले बढ्याे

बेलायती परोपकारी संस्था अक्सफ्यामले गरेकाे अध्ययनमा विश्वका पाँच धनीहरुकाे  सम्पत्तीमा दुई गुणा वृद्धी भएकाे पाइएकाे छ ।  सन् २०२० यता विश्वका सबैभन्दा धनी पाँच व्यक्तिको सम्पती दाेब्बर भएको  जनाएकाे छ  ।

अक्सफ्यामले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै विगत चार वर्षमा पाँच धनाढ्यको सम्पत्ति प्रतिघण्टा एक करोड ४० लाख अमेरिकी डलरले बढेको उल्लेख गरेको हाे ।

विश्वका पाँच धनाढ्य बर्नार्ड अर्नाल्ट, जेफ बेजोस, वारेन बफेट, ल्यारी एलिसन र एलोन मस्कको सम्पत्ति हाल ८६९ अर्ब अमेरिकी डलर पुगेको छ । 

सन् २०२० यता यी पाँच व्यक्तिको सम्पत्ति दोब्बर हुँदा पाँच अर्ब मानिस झन् गरिब भएको अक्सफ्यामले ‘असमानता इँक प्रतिवेदन सार्वजनिक गर्दै बताएको हो ।

अक्सफ्यामका अनुसार अर्बपतिहरू सन् २०२० को तुलनामा ३.४ ट्रिलियन अमेरिकी डलरले धनी भएका छन् । सारका १० ठूला कम्पनीमध्ये सात वटा यीनै धनाढ्यका छन् ।

 

यहीँ प्रवृत्ति जारी रहेमा एक दशक भित्रै संसारमा पहिलो ‘ट्रिलियनियर’ व्यक्ति हुने र गरिबी उन्मुलन हुन २२९ वर्ष लाग्ने अक्सफ्यामले जनाएको छ ।  अक्सफ्याम इन्टरनेशनलका अन्तरिम कार्यकारी निर्देशक अमिताभ बेहरले कसैसँग पनि एक अर्ब डलर सम्पत्ति हुन नहुने बताएका छन् ।

अक्सफ्यामले विश्व आर्थिक फोरम (डब्ल्यूईएफ) सम्मेलनअघि आफ्नो रिपोर्ट सार्वजनिक गर्दै आएको छ । यस वर्षको वर्ल्ड इकोनोमिक फोरमको बैठक स्विट्जरल्याण्डको डाभोसमा आज (जनवरी १५)देखि शुक्रबार (जनवरी १९)सम्म हुँदैछ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update