Public Pana
रास्वपा बर्दियाका २१ जना नेता कार्यकर्ताले पार्टी छाडेकाे घाेषणा

बर्दियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका छन्। 

सदरमुकाम समेत रहेको गुलरिया नगरपालिका ४ का २१ जना अगुवा नेता कर्यकर्ताले आज सामूहिक रुपमा पार्टी छाडेका हुन्।  

उनीहरले पार्टीका जिल्ला संयोजकलाई सम्बोधन गरेर लेखेको पत्रमा पार्टी भित्रको गुट उपगुट र नेतृत्वमा रहेको स्वार्थीपनाका कारण पार्टी छाडेको उल्लेख छ।  

 

रास्वपाका वडा सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादव लगायतले पार्टी छाडेका हुन्। 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update