Public Pana
इमाडोलमा एक महिला इनारभित्र खसिन्, वचाउने प्रयास जारी

ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् । दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् । इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् ।

 

 

‘उहाँलाई चोटपटक लागेको छ, बोलिरहनु भएको छ, उद्धारको प्रयास भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय ललितपुरका एक अधिकृतले भने ।

उद्धारका लागि सात दोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशी नेतृत्वको टोली खटिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update