Public Pana
राष्ट्रपतिद्धारा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई शीतल निवासमा निम्ता 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई शीतल निवासमा बोलाएका छन् । 
माघी पर्वका अवसरमा आज सबै संसदीय दलका नेताहरूलाई शीतल निवासमा बोलाएका हुन् । 

माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न नेताहरूलाई बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । 

आज माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update