Public Pana
टी–२० : भारतद्वारा अफगानिस्तान पराजित

तीन खेलको टी–२० सिरिजको दोस्रो खेलमा भारतले अफगानिस्तानलाई लज्जास्पद रुपमा हराएको छ।

आइतबार इन्दोरमा भएको टी–२० खेलमा भारतले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो।

पाहुना टोली अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो, जसको जवाफमा भारतीय टोलीले १५.४ ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएर खेल जित्यो।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update