Public Pana
मौसम  : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपात

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । साथै, तराईका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु लागेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति भने मुलुकका केही भूभागमा सामान्य वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र तराई क्षेत्रमा हुस्सु लाग्ने जनाइएको छ ।

आज अघिल्ला दिनको तुलनामा चिसो बढ्ने सम्भावना रहेकाले यसबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

पूर्वी तथा पश्चिम तराइका अधिकांश भागमा बाक्लो हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाईसेवा प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

आज सुर्योदय विहान ६ बजेर ५६ मिनेटमा हुनेछ भने सुर्यास्थ साँझ ५ बजेर ३० मिनेटमा हुनेछ ।

आज माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update