Public Pana
निजामती कर्मचारीले तलव असमान भएकाे भन्दै  सर्वोच्चमा हाले मुद्दा ,अदाललते दियो  प्राथमिकता

काठमाडौ– सर्वोच्च अदालतले समान तहमा समान तलबमान कायम हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका निजामती कर्मचारीहरुको मुद्दामा कारण देखाउ आदेश जारी गर्दै प्राथमिकता दिएर सुनुवाई गर्ने आदेश गरेको छ।  
महान्यायाधीवक्ता कार्यालयमा कार्यरत भरतकुमार मैनालीसहित ३४ जनाले पुस २६ गते दर्ता गरेको रिटमा पहिलो सुनुवाई गर्दै आइतबार सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दायर रिटलाई अग्राधिकार प्रदान गरेको हो । निजामती सेवाका ३४ राजपत्रांकित कर्मचारीका तर्फबाट सहायक न्यायाधिवक्ता मैनालीले दायर गरेको रिटमा आइतबार सर्वोच्चले छिटै टुङ्गाउनुपर्ने  भन्दै लिखित जवाफ माग गर्दै अग्राधिकार प्रदान गरेको हो ।
रिटमा समान तहमा असमान तलबमान कायम गर्दा नेपाल सरकारका राजपत्रांकित अधिकृतबीच विभेद भएकोे उल्लेख छ । समान तलबमान कायम गर्न माग गरिएको छ ।
रिटमा माग गरिएअनुसार नै न्यायाधीश शर्माको इजलासले अग्राधिकार प्रदान गरेको हो । “प्रस्तुत निवेदनको विषयवस्तु निजामती सेवाका समग्र राजपत्रांकित कर्मचारीहरूको समान तहको वेतनमान तथा मर्यादाक्रमसँग सम्बन्धित रही तत्काल निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरिदिएको छ,” न्यायाधीश डा. शर्माको इजलासको आदेशमा उल्लेख छ ।

सर्वोच्चका उपरजिस्ट्रारहरू निराजन शर्मा र निराजन पाण्डे, सर्वोच्चकै इजलास अधिकृतहरू भेषराज कोइराला र ज्ञानेन्द्र दाहाल, गृह मन्त्रालयमा कार्यरत कानुन अधिकृत ऋषि पौडेल, महालेखापरीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरे, सर्वोच्चका शाखा अधिकृत वसन्त मैनाली, महान्यायाधिवक्ता कार्यालयका सहायक न्यायाधिवक्ता बाबुराम भट्टराई, लेखा अधिकृत कृष्णप्रसाद पन्थ, सर्वोच्चका लेखा अधिकृत टामलाल अधिकारीसहित विभिन्न कार्यालयमा कार्यरत ३३ राजपत्रांकित कर्मचारीले रिट दायर गरेका हुन् । उनीहरूको वारेसका रूपमा महान्यायाधिवक्ता कार्यालयमा सहायक न्यायाधिवक्ता पदमा कार्यरत मैनालीलाई तोकिएको छ ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका पालामा अर्थ मन्त्रालयले पूर्वमुख्यसचिव लीलामणि पौडेको नेतृत्वमा बनाएको अध्ययन समितिको प्रतिवेदनका आधारमा समान तलबमान कायम गर्ने निर्णय भएर कार्यान्वयनपछि राजपत्र अनंकित तहका कर्मचारीले सिंहदरबारभित्रै आन्दोलन गरेका थिए । त्यति बेला माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनले आपत्ति जनाएको थियो । त्यसपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले निर्णय सच्याएको कमर्चारीहरू बताउँछन् ।

May be an image of text
प्रस्तुत निवेदनको विषयवस्तु निजामती सेवाकां समग्र राजपत्राङ्कित कर्मचारीहरुको समानतहको वेतनमान तथा मर्यादाक्रमसँग सम्बन्धित रही तत्काल निरुपण हुनुपर्ने प्रकृतिको देखिंदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरिदिएको छ।
निजामती कर्मचारी , सेना प्रहरीको मर्यादाक्रम असामान रहेको रिटमा दावी गरिएको छ। यही विवादमा  एक पटक अर्थमन्त्रालयले समान हुने भनि सुचना निकालेको थियो ।  तर नायब सुब्बाहरुले आन्दोलन गरेपछि यो कार्यान्वयनमा हुन सकेन ।  
जनार्दशन शर्मा अर्थमन्त्री हुदाँ सेना र प्रहरीसँग निजामती कर्मचारीको तलव र मर्यादाक्रम समायोजना गरिएको थियो । नासूहरुले आन्दोलन गरेपछि स्थगीत गरेर सरकारले तलव र मर्यादाक्रममा लागि भन्दै आयोग गठन गरेको थियो । पूर्वमुख्यसचिव  लिलामणी पौडेलको नेतृत्वमा समिति गठन भएको थियो । उक्त समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन वुझाएको थियो ।  तर उक्त प्रतिवेदन सार्वजनि नहुदै दराजमा थन्काइएको दावी गर्दै सार्वजनिक गरि लागू हुनुपर्ने माग पनि रिटमा गरिएको छ। 


 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update