Public Pana
ठूलो संख्यामा केन्द्रीय समिति नजिक माओवादी केन्द्र 

नेकपा माओवादी केन्द्रले ९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी प्रस्ताव गरेको छ।

विधान मस्यौदा समितिले तयार पारेको मस्यौदामा ९९ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरिएको छ।
पदाधिकारीसहित ७५ सदस्य प्रत्यक्ष निर्वाचन विधिबाट र बाँकी मनोनयनबाट गर्न सुझाइएको मस्यौदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गत शुक्रबार नै बुझाइएको छ। 

‘केन्द्रीय समितिको संख्या ९९ जनासम्म हुनेछ। केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरुबाट ७५ जनाको केन्द्रीय समिति निर्वाचित हुनेछ’, प्रस्तावमा उल्लेख छ, ‘अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष खुल्ला २, उपाध्यक्ष महिला १, उपाध्यक्ष समावेशी १ गरी ४ जना उपाध्यक्ष तथा महासचिव–१, उपमहासचिव ५, सचिव ११ र कोषाध्यक्ष–१ सहित २३ जना पदाधिकारी निर्वाचित हुनेछन्।’

त्यसैगरी ५० जना केन्द्रीय सदस्य निर्वाचित हुने र केन्द्रीय अध्यक्षको सिफारिसमा कार्यसमितिले २४ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव गरिएको छ। 

हाल माओवादीको विधानमा एक सय ९९ सदस्यीय समिति रहने व्यवस्था छ। यसबारे अन्तिम निर्णय आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान सम्मेलनले लिनेछ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update