Public Pana
‘न्याय कि मृत्यु ? : न्यायाधीश गिरीकी पत्नीद्वारा सर्वोच्च परिसरमै आत्मदाहको प्रयास

न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन् । श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी गिरीले न्यायको माग गर्दै आत्मदाहको प्रयास गरेकी हुन् ।

‘न्याय कि मृत्यु ? बलात्कारी न्यायाधीश भुवन गिरीलाई थुनामा राख’ लेखिएको सेतो टिसर्ट लगाएकी उनले शरीरमा ज्वलनशील पर्दाथ खन्याएर आत्मदाहको प्रयास गरेको बताइएको छ ।


आगो सल्काउन खोज्दा उनलाई प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको छ ।

वेहोस भएकी गिरीलाई प्रहरीले उपचारका लागि अस्पताल तर्फ लगेको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update