Public Pana
साताको पहिलो दिन शेयर बजारमा हरियाली : ३१ अंकभन्दा बढीले नेप्सेमा सुधार

हप्ताको पहिलो दिन आज आइतबार शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ’सर्किट’ लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज मेगा म्युचल फन्ड–१ को शेयर साढे नौ प्रतिशतले घटेको छ ।

आज एक करोड ६६ लाख पाँच हजार कित्ता शेयर पाँच अर्ब ४५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीका १२ लाख ७४ हजार कित्ता प्रमोटर शेयर ३५ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update