Public Pana
प्रधानमन्त्री कप एपीएफका सन्दीप जोराले बनाए शतक

प्रधानमन्त्री कप क्रिकेटमा नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक बनाएका छन् ।

आइतबार त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्धको खेलमा उनले १०३ बलमा १०१ रन बनाएका हुन् । उनले ५ छक्का र ६ चौकाको मद्दतमा शतक बनाएका हुन् ।

टस जितेर बागमतीले फिल्डिङ रोजेपछि एपीएफले ब्याटिङ गरेको थियो । सुरुमा ४१ रन बनाउँदा ५ विकेट गुमाएको एपीएफका लागि पाँचौ नम्बरका आएका सन्दीपले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म पु-याएका थिए ।

त्यस्तै उनले भुवन कार्की र अमर रौतेलासँग पनि साझेदारी गर्दै एपीएफलाई २ सयमाथिको स्कोरमा पु¥याए । सन्दीपले शतक बनाउँदा एपीएफले ४६ ओभरको खेल सकिँदा ८ विकेट गुमार २१६ रन बनाएको छ ।

यसवर्षको प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउने सन्दीप दोस्रो खेलाडी हुन् । शनिबार नेपाल पुलिसका रसिद खानले पनि शतक बनाएका थिए ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update