Public Pana
नेपालसँग स्कटल्याण्ड ७ विकेटले पराजित

नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको छ।   आईसीसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको हो।

वर्षाको कारण अवरुद्ध खेल सुरु भएको थियो। त्यसपछि खेल रोकिएको थियो। 

May be an image of text that says

टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ४४ं४ ओभरमा ११४ रन बनाउँदा अलआउट भएको थियो।   नेपालका लागि अर्जुन कुमालले ३-३ र आकाश त्रिपाठीले २९ रन बनाए।गुलशन झा र तिलक भण्डारीले ३३ विकेट लिए। आइसिसी यू–१९ विश्वकपका लागि दक्षिण अफ्रिका पुगेको नेपाली टोलीको यो तेस्रो जित हो। 

नेपाल यू– १९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। आगामी माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल विश्वकपको सुरुवात गर्ने तयारीमा छ।   नेपालको दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग हुनेछ। 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update