Public Pana
ताइवानको राष्ट्रपतिमा विलियम विजयी 

ताइवानको आम निर्वाचनमा चीनविरोधी मानिने सत्तारुढ दल डीपीपीका उम्मेदवार विलियम लाइ विजयी भएका छन् । हाल ताइवानको उपराष्ट्रपति रहेका उनी अब राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

जितलगत्तै लाइले चीनको निरन्तरको धम्कीबाट ताइवानलाई बचाउन आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् ।चुनावअघि चीनले लाइलाई मतदान नगर्न ताइवानीहरूलाई आग्रह गरेको थियो । 

नतिजापछि ताइवानका मतदाताहरूले चीनको चेतावनीको बेवास्ता गरेको टिप्पणी भइरहेको छ । मतगणनामा लाइले अतुलनीय अग्रता लिएपछि दुवै विपक्षी उम्मेदवारले पराजय स्वीकार गरेका हुन् । 

आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै लाइले ताइवानी जनताले चुनावमा प्रभाव पार्ने बाहिरी शक्तिहरूको प्रयासलाई सफलतापूर्वक प्रतिरोध गरेको बताए । उनले ताइवानले लोकतन्त्रको पक्षमा मत जाहेर गरेको बताए । 

उनले आफ्नो सरकारले चीनसँगको विवाद वार्ताबाट समाधान गर्ने प्रयास गर्ने बताउन पनि छुटाएनन् । ताइवानलाई चीनले आफ्नो अभिन्न अंग बताउने गरेको छ । तर ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्र मान्छ । 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update