Public Pana
आज राष्ट्रिय भक्का दिवस

कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवसका रूपमा मनाउने गरेका छन् 
यसवर्षको भक्का दिवसमा सबैलाई न्यानो स्वागत गर्दै पूर्वेली खाजालाई काठमाडौंमा समेत चलन चल्चीमा आएको छ ।

पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भक्का खाने चलन व्यापक बनेको छ । राजवंशी जातिमा मात्र सीमित रहेको भक्का खाने चलन सबै जातजातिबिच लोकप्रिय बनेपछि यसलाई प्रवर्द्धनात्मक कार्यक्रमसहित पुस २९ गते भक्का दिवस मनाउन मनाइन्छ ।

राजवंशी समुदायको परम्परागत परिकार भक्का, पूर्वी नेपालको सर्वाधिक रुचाइने एउटा परिकार हो जुन विशेषतः हिउँदमा बढी खाने गरिन्छ ।

चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भक्कालाई चटनीसँग खाने गरिन्छ । जे भने पनि यसको मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ मा राष्ट्रिय भक्का दिवस मनाइन्छ ।

 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update