Public Pana
बझाङमा मध्यराति ४.४ रेक्टर स्केलको भूकम्प 

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा बझाङमा भूकम्पको गएको हो। 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका थिए। 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update