Public Pana
दाङमा यात्रुबाहक बस दुर्घटना, पाँच जनाको मृत्यु

राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा पाँच जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार पाँचैजनाको घटनास्थलमा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ज ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती पुलबाट बस खसेको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य चलिरहेको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update