Public Pana
महिलाको योनीबाट फैलिने संक्रमणले पाठेघरको क्यान्सर समेत गराउन सक्छ : डा. नुतन शर्मा (भिडियोसहित)


पछिल्लो समय पाठेघरसँग सम्बन्धित विभिन्न रोगसँग महिलाले सर्घष गरिरहेका छन् ।   समग्र स्वास्थ्य, प्रजनन् र दीर्घायुको लागि महत्त्वपूर्ण पाठेघरको हेरचाहमा विशेष ध्यान नदिंदा विभिन्न रोगको जोखिम हुन्छ ।

महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुन्छ । पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा सिस्ट डल्लो पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको संक्रमण जस्ता समस्या देखिन्छन् ।

महिलाले वेलैमा आफ्नो स्वास्थ्यमा ध्यान दिन नसक्दा पाठेघरको समस्याले गम्भीर रुप लिएर क्यान्सर जस्तो रोगहरु देखा पर्न थालेका छन् । 
पाठेघरको मुखको क्यान्सर सुरुवाती चरणमा छ भने औषधि उपचारले नै शतप्रतिशत ठीक हुन्छ । तर अन्तिम चरणमा पुगेको अवस्थामा ज्यान बचाउन पाठेघर नै फाल्नुपर्ने हुन सक्छ ।

पाठेघर फाल्ने वा नफाल्ने कुराको निर्धारण बिरामीको अवस्था र उमेर हेरेर निक्र्योल गरिन्छ  ।खास गरी पाठेघरको समस्या र यसको समाधानमा महिलाले के कुरामा ध्यान दिनुपर्छ ?

यसै सन्दर्भमा बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. नुतन शर्मासँग पब्लिक पानाले गरेको कुराकानीको महत्वपुर्ण अंश यहाँ प्रस्तुत गरिएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update