Public Pana
राष्ट्रिय एकता दिवसमा मुख्य ३ दललाई राष्ट्रपतिको सन्देश, जनताको समस्या समाधानमा एक हुनुहोस !

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख ३ दलका शिर्ष नेताहरुलाई मुलुकको हित र नेपाली जनताको जीवनस्तर सुधारमा एकतावद्ध भएर अघि बढ्न सुझाव दिनुभएको छ ।

राष्ट्रिय एकता दिवसको सन्र्दभ पारेर राष्ट्रपति पौडेलले शित्तल निवासमा तीन शिर्ष नेताहरुलाई बोलाएर यस्तो सुझाव दिनुभएको हो ।  

अनुसार प्रधानमन्त्री पुष्प कमल दाहाल, कंग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बोलाएर पौडेलले मुलुकका विद्यमान समस्याको समाधानतर्फ एक भएर अघि बढ्न सके मात्र लोकतान्त्रिक व्यवस्थाको सुद्धढीकरण हुनेतर्फ ध्यानार्कषण गराउनुभएको हो । 
 
प्रमुख ३ दलका शिर्ष नेताहरुसँगको भेटमा राष्ट्रपति पौडेलले संघियताको पुर्ण कार्यान्वयनका लागि तत्काल मिलेर कानुन बनाउन र संक्रमणकालिन न्यायलाई सवै दल मिलेर जतिसक्दो छिटो टुंगोमा पुरयाउन आग्रह गर्नुभएको उहाँका सहयोगीहरुले बताएका छन् ।

उहाँले प्राज्ञिक क्षेत्रमा हुने नियुक्तीलाई पारदर्शी र प्रतिपस्र्धाका आधारमा गर्नतर्फ समेत प्रधानमन्त्रीसहित ३ दलकै ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update