Public Pana
म दुःखी छु, कुनै पनि अपराधका हामी विरोधी हौं : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले प्रविधिको विकाससँगै मानिसले नियन्त्रित कानुन बनाउन नसकेको बताएका छन् ।

आज शुक्रबार सामाजिक सञ्जालमा लेख्दै समाजमा घट्ने घटना र अपराध पनि नयकका तरिकाले विकसित हुँदा कानुनले पछ्याउन नसकेको उनले बताएका हुन्  ।

‘साथीहरू म दुःखी छु दुःखको लागि समान न्याय र अधिकारका लागि लडेका हामी सहयात्री हौं । कुनै पनि अपराधका हामी विरोधी हौं,’ उनले भने ।

भण्डारीले काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेलाई बलात्कार गरेको ठहर गरेको थियो । अदालतले उनलाई आठ वर्षको सजाय तोकेपछि उनले बलात्कार र प्रेम के हो भनी सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए । उनको सर्वत्र आलोचना भएको थियो ।

‘कानुनले पछ्याउन नसक्दा समाज दण्डहीन भएकाले एउटै घट्ना प्रेम र कहिले बलात्कार हुन्छ,’ उनले भनेका छन्,’ मानिस र समाज तब बलियो हुन्छ जब विवेक र ज्ञानलाई सककगै लैजान मानिसले क्षमता राख्दछ ।‘


उनले प्रतिक्रिया दिन न विवेक चाहिन्छ न ज्ञान भनेर उल्लेख गरेका छन् । ‘प्रतिक्रियाले केवल तस्विर देखाउँछ जुन म हेरिरहेको छु,’ उनको भनाइ छ ।
chandra1705054241.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update