Public Pana
राप्रपाको जलपानमा प्रधानमन्त्री सहित विभिन्न देशका राजदूतहरुको सहभागिता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा जलपान कार्यक्रम गरेको छ । 

आज शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित भएका छन् । साथै विभिन्न कूटनैतिक नियोगका पदाधिकारी पनि सहभागी रहेका छन् ।  

चियापान कार्यक्रममा आएका पाहुनाहरूको स्वागतका लागि मञ्च बनाइएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू अतिथिको स्वागतमा जुटिरहेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेका साथै विभिन्न दल नेताहरू सहभागी छन् ।  
राप्रपाले गरेको जलपान समारोहमा सर्वसाधारण र भीआईपीका लागि दुई थरी मेन्यु राखिएको छ । झण्डै ६ हजार सहभागीलाई अर्पण व्याङकेटले मेन्युको व्यवस्था गरेको छ । 

सर्वसाधारणका लागि केरा, लड्डु चप, समोसा, निम्किन र  चियाको व्यवस्था गरिएको छ । 
यसका लागि ६५ जना कर्मचारी खटिएका छन् ।

झन्डै ६ सय भीआईपीका लागि स्यान्डविच, फ्रेन्च  फ्राई, ग्रीन कवाव, कुकिज, चिया र कफिको व्यवस्था गरिएको छ । 

rpp-11705051321.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update