Public Pana
निरञ्जनकुमार थापाको लुम्बिनीबाट राष्ट्रिय सभाको उमेदवारी फिर्ता 

लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राप्रपाका उमेदवार निरञ्जनकुमार थापाले उमेदवारी फिर्ता लिएका छन् ।

थापाले अन्यबाट मनोनयन दर्ता गरेका थिए ।

उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवार मैदानमा छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update