Public Pana
दिपेन्द्रकाे कप्तानीमा  पुलिसको टिम घोषणा

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम घोषणा गरेको छ ।

टिममा राष्ट्रिय टिमबाट खेलेका ११ खेलाडी छन् । टिममा कुशल भुर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, अर्जुन साउद र दिलिप नाथ छन् । अर्जुन साउदले यसअघिको प्रधानमन्त्री कप भने आर्मीबाट खेलेका थिए ।

यस्तै अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राण, राशिद खान, ललित भण्डारी र रोशन बुढा पनि पुलिसको टिममा छन् ।

पुलिसको टिमको प्रशिक्षकमा टिमका पूर्व कप्तान रहेका मञ्जित श्रेष्ठ रहनेछन् । एक दशक भन्दा लामो समय मञ्जितले पुलिसको कप्तानी गर्दा दर्जन बढी उपाधि जिताएका थिए ।

नवौं राष्ट्रिय खेलकुदमा पुलिसको पुरुष टिमलाई कप्तानको रुपमा स्वर्ण दिलाएका उनले पुरुष टिमको प्रशिक्षक भने पहिलो पटक बनेका हुन् ।

उनले पुलिसको महिला क्रिकेट टिमलाई प्रशिक्षकको रुपमा पनि स्वर्ण जिताएका थिए ।


दिपेन्द्र सिंह ऐरी(कप्तान), कुशल भुर्तेल, करण केसी, आरिफ शेख, अर्जुन साउद, दिलिप नाथ, अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राण, राशिद खान, ललित भण्डारी र रोशन बुढा प्रधानमन्त्री कप खेल्ने पुलिसको टोली रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update