Public Pana
संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो : प्रधानमन्त्री

प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका छन् । 

संघीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा नयाँ राजनीतिक दल र नयाँ अनुहारको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका हुन् । 

उनीहरुमा देश र जनताको हितमा काम गर्न हुटहुटी रहेको  प्रचण्डको भनाइ छ । 
 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update