तीन दिन लगातार बढेको शेयर, आज सामान्य घट्यो

लगातार तीन दिनसम्म बढेको शेयर बजार आज विहिबार भने सामान्य घटेको छ ।
कारोबार हुने साताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार ८८ दशमलव ९९ विन्दुमा झरेको छ ।
आज जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।
बजार घटेको दिन आज सात वटा कम्पनीको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै एबीआई बैंकको ऋणपत्र २०८९ साढे नौ प्रतिशतले घटेको छ ।
आज दुई करोड २१ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ३० करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर शेयर २३ करोड ८५ लाख रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १६:२१
प्रतिक्रिया दिनुहोस्