Public Pana
अमेरिकी डलर स्थिर रहँदा युरोकाे मूल्य बढ्यो

नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ । साेमबार अमेरिकी डलर स्थिर रहेको छ । 

रोपियन युरो एक रुपैयाँ ८३ पैसाले उकालो लागेको छ । यसकोे खरिददर १४० रुपैयाँ ५८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो । 

अष्ट्रेलियन डलरमा एक रुपैयाँ ७९ पैसाले उकालो लागी सोको खरिदमूल्य ९० रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २२ पैसामा कारोबार भैरहेको छ । यसअघि, आइतबार खरिदमूलय ८९ रुपैयाँ २ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४३ पैसामा कारोबार भएको थियो । 

साउदी अरेवियन रियालको कारोबार आज स्थीर रहेको छ ।  यसको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा तोकिएको छ । 
कतारी रियालको खरिदमा ३६ रुपैयाँ ५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १३ पैसा रहेको छ । 

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५३ पैसा र बिक्रीमा १० रुपैयाँ ५८ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ४३ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ३९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८८ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update