Public Pana
गौशाला २६ : पहिचान खुलाउने रास्वपा कार्यकर्ता निलम्बित

क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन्।

रास्वपाले चितवनका दिवस सापकोटालाई निलम्बन गरेको हो। बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको उल्लेख गरेको छ।

सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ।

‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौ,’ रास्वपाले भनेको छ।
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update