Public Pana
हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका– ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतामई गाउँपालिका–७ का ३८ वर्षीय तुलसी मङराती रहेका प्रहरीले जनाएको छन्।

हिजो बुधबार बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १–०५–००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा मङराती गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका– १० का ४५ वर्षीय किश्वर पाण्डेलाई हायससहित प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update