Public Pana
आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार बिहीबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन एक लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update