Public Pana
आजबाट नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको टिकापुरमा आज सुरु हुने महाधिवेशन यही पुस २८ गतेसम्म चल्नेछ ।

महाधिवेशनमा सहभागी हुन देशभरका ७७ मध्ये ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका दामोदर पण्डितले जानकारी दिए ।

महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । नाउपामा अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष रहने छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पण्डितले बताए । 
महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् ।


 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update